Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नारायणी नदीमा खतराको तह पार, जलसतह ११.३३ मिटर पुग्यो


0
Shares

चितवन । नारायणी नदीमा जलसतह खतराको तह पार गरेको छ। नदीमा बाढीको जोखिम बढेसँगै बाढी पूर्वानुमान महाशाखाले नारायणी र यसका सहायक नदीमा उच्च बाढी जोखिम रहेको भन्दै विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गरेको छ।

महाशाखाका अनुसार आइतबार बिहान ७:४५ बजे नारायणी नदीको जलसतह खतरा तह ९ मिटरभन्दा माथि पुगेर करिब ११ मिटर मापन भएको छ। नदीको जलसतह अझै बढ्दो क्रममा रहेको जनाइएको छ।

नारायणीको प्रमुख सहायक नदी कालीगण्डकीमा समेत बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ।

त्यस्तै, सेती, मादी, महदी, दरौदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। बुढीगण्डकी र त्रिशूली नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको तथा बढ्दो क्रममा रहेको बताइएको छ।

Skip This