Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


बाघको बाटोमा प्रदेशको राजधानी !


0
Shares

काठमाडौं, असोज १५ । गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेशसभाको निर्णयविरुद्ध अस्थायी राजधानी धनगढीमा आन्दोलन चर्केको छ । यही विषयलाई लिएर प्रतिपक्ष दलका सांसदले समेत आइतबार प्रदेशसभा बैठक ठप्प पारे ।

विज्ञहरुले वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालिन प्रभाव अध्ययनविनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा औंल्याएका छन् ।

‘तेघरी वन क्षेत्रमा राजधानी तोकेपछि पक्कै वातावरणीय मूल्यांकन गरेरै काम होला भन्न सकिन्छ,’ तराई भूपरिधि कार्यक्रमका संयोजक बुद्धि रिजाल भन्छन्, ‘चुरे फेदीमा भौतिक संरचना बनाउँदा निश्चित रुपमा वातावरणमा धेरै असर पर्छ ।’

उनका अनुसार कार्यक्रमले विश्व वन्यजन्तु कोषको सहयोगमा तेघरीमा जैविक विविधता र वातावरणको संरक्षणबारे सन् २००४ देखि काम गर्दै आएको छ । बाघ संरक्षणमा प्राप्त उपलब्धि जैविक मार्ग संरक्षणबाट सम्भव भएको उनले बताए ।

‘सीमा पारी भारतको दुदुवा नेसनल पार्कको बाघ तेघरी जंगलमा देखा पर्न थालेको छ । केही समयअघि तराईको बाघ ब्रह्मदेव हुँदै डडेल्धुराको जोगबुढासम्म पुग्यो । बाघ ओहोरदोहोर गर्न लालझाडीसँग जोडिएको मोहना जैविक मार्गको महत्व सबैभन्दा बढी छ, यो तेघरी वन क्षेत्रसँग जोडिएको छ,’ उनले भने । –कान्तिपुर दैनिकबाट