Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


प्रधानमन्त्री शाह न्यूयोर्क जाने तयारीमा


1.1k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको न्यूयोर्क भ्रमणको तयारी शुरु गरेको छ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने संकेत गरेपछि परराष्ट्रले तयारी शुरु गरेको हो। साेही महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्यूयोर्कमा हुने भएकाे छ। प्रधानमन्त्री शाहले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफू नजाने निर्णय गर्नुभएकाे थियाे।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको थियो । यहि भदौ १० गते रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति गरेपछि जलवायु परिवर्तनका विषय उठाउन प्रधानमन्त्री शाह आफैँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने संकेत बिहीबार गर्नुभएकाे जनाइएकाे छ।

त्यसपछि परराष्ट्रमन्त्री खनालको निर्देशनमा परराष्ट्रले प्रधानमन्त्री शाहको न्यूयोर्क भ्रमणको तयारी शुरु गरेको हो ।