काठमाडाैं । बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइने जनाएको छ।
अनुमतिबिना अन्य ड्रोन उडाइएको पाइएमा एन्टी-ड्रोन टोलीमार्फत नियन्त्रणमा लिई जफत गरिने चेतावनी दिइएको छ।
उद्धार तथा राहत कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन सबैलाई सूचनाको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्