Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


प्रतिनिधिसभा बैठकमै सांसद भरत खड्का ढले, वीर अस्पताल लगियाे


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएकाे छ ।

बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीमा ढल्नुभएकाे हाे ।

सांसद खड्का ढलेपछि सभामुख देवराज अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोक्नुभएकाे थियाे । सांसद खड्का रक्तचापका कारण ढलेको बताइएको छ । उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।