काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेकाे छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बिहान पौने ११ बजेदेखि बैठक शुरु भएको हो । बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाकाे बारेमा मुख्य रूपमा छलफल हुने जनाइएको छ।
जसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयहरूमा समेत विचार–विमर्श हुने कार्यसूची रहेको हाे ।









प्रतिक्रिया दिनुहोस्