समीर चापागाईं, चितवन । आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि ५.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन सुरु गरेको हो ।
चितवन प्रहरीका अनुसार DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिएर आउन आग्रह गरिएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले चितवनमा बगाएर ल्याएका शवहरूको डि एन ए नमुना संकलन गरेर २८० जनाको शव जमिन मुनि ब्यबस्थापन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्