काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शुक्रबार १० दशमलव ६७ अंकको गिरावट आएको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार बजार २ हजार ६ सय १८ दशमलव ७२ विन्दुमा झरेर बन्द भएको हो । कारोबार विवरण बजारमा ३ सय ४४ कम्पनीका कूल १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट कूल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे हाे।
बजार बन्द हुँदा ७० वटा कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ। १ सय ९८ वटा कम्पनीको मूल्य भने घटेको हाे । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको छ । धेरै कमाउने र गुमाउनेहरू शुक्रबारको बजारमा टप गेनर्सु को सूचीमा सर्वोत्तम पेन्टस अग्रस्थानमा रहेको हाे । जसको सेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले वृद्धि रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ।
त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य १३ दशमलव ८६ प्रतिशतले बढेको हाे। राप्ती हाइड्रो र हाथवे इन्भेस्टमेन्ट लगानीकर्ताले पनि आज राम्रो मुनाफा आर्जन गरेका छन्। सर्वाधिक कारोबार हुने कम्पनी कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स २६ करोड ३७ लाख रुपैयाँझन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रहेको नेप्सेले जनाएकाे हाे।
सोलु हाइड्रोपावर २४ करोड ५३ लाख, रुरु जलविद्युत १८ करोड ६७ लाख, साहस ऊर्जा १८ करोड ४१ लाख र तामाोर हाइड्रो १३ करोड ५ लाख रुपैयाँको कारोबारसहित शीर्ष पाँचको सूचीमा परेकाे नेप्सेले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्