Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सुनचाँदीकाे मूल्यमा उकालाे यात्रा कायमै, सुन ताेलमा ३३ सयले वृद्धि


0
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ।

बिहीबार प्रतितोला ९ हजार ३ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ३ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी शुक्रबार तोलामा ४ हजार ९ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला १ सय ३० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार पाँच सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।