
पाल्पा । टिपरको अत्यधिक गती नियन्त्रण गर्न पाल्पामा ‘टिपर टाइम कार्ड’ लागू भएको छ ।
टिपरको अत्याधिक गतीका कारण दुर्घटना बढ्दै गएपछि ‘टाइम कार्ड’ लागू गरिएको हो ।
चालकले ट्रिपअनुसारको ज्याला पाउने भएपछि आपसी प्रतिस्पर्धा गर्दै अत्यधिक गतीमा टिपर चलाउँदा दुर्घटना बढ्दै गएको जनगुनासो आएपछि टाइम कार्डको व्यवस्था गरिएको हो ।
पाल्पाका विभिन्न सडकमा दैनिक रुपमा १ हजारदेखि १ हजार २ सय टिपरले चुनढुंगा ओसारपसार गर्दै आएका छन ।
जिल्लामा खानीक्षेत्र बढ्दै गएकाले टिपरको संख्या पनि बढ्दै गएको छ ।
राजमार्ग क्षेत्रमा दुर्घटना न्यूनीकरणका जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन तम्घास सडकखण्डको हार्थाेकदेखि तानसेन बुटवल खण्डको दोभान प्रहरी चौकीसम्म टिपर टाईम कार्ड लागू गरिएको हो ।
रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वर क्षेत्रमा सञ्चालनमा रहेको सिजी तथा सर्वाेत्तम सिमेन्टको खानीबाट चनढुंगा ढुवानी गर्दै आएका टिपरहरुका लागि पहिलो चरणमा टाइम कार्ड लागू गरिएको हो ।
हार्थाेकबाट दोभानसम्म ५० किलोमिटर दुरी २ घण्टा ३० मिनेट समयमा पुग्ने गरी टाईम कार्डको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्