Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


भरतपुर खानेपानी बोर्डले उठायाे १ करोड ५५ लाख  रूपैयाँ बढी वक्यौता


91
Shares

काठमाडाैं । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५ सय ३ जना ग्राहकबाट एक करोड ५५ लाख तीन हजार ६ सय ८५ वक्यौता रकम असुली गरेको छ ।

पाँच हजार भन्दा माथि वक्यौता भएका र ६ महिना भन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम वक्यौता असुली गरिएको हो । कार्यालयले गत फागुनदेखि वक्यौता असुलीको काम शुरु गरिएको जनाएकाे छ । गत फागुनदेखि असार मसान्तसम्ममा सोही वक्यौता असुली भएको हाे। कार्यालयले अझै ५ सय ग्राहकबाट २० लाख वक्यौता असुल गर्न बाँकी रहेको जनाएकाे छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहक हुन् ।

वक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको छ।कार्यालयले वक्यौता असुलीका लागि टोली नै गठन गरेर काम गरिरहेको हाे । गत वर्ष १६ करोड ५९ लाख ४२ हजार १ सय महसुल बिलिङ गरेकोमा १६ करोड ९९ लाख ७२ हजार ४ सय ४० संकलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।

त्यस्तै, भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको हाे। आठ महिनाको वक्यौता एक करोड भन्दा बढी रहेको छ। कार्यालयले महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकम समेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको जनाएकाे हाे ।