सल्यान । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो । बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलिनसकेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए ।उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्