Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सेयरबजारमा सामान्य सुधार, ४ अर्ब ११ करोडको कारोबार


0
Shares

काठमाडाैं । मंगलबार सेयर बजार (नेप्से) परिसूचक ०.७९ अंकको झिनो वृद्धिसहित २६४१.८५ विन्दुमा थामिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज दिनभर ९५ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये १३३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। २० वटा कम्पनीको मूल्य भने यथावत् रह्यो। बजारमा केही कम्पनीको सेयर मूल्य अधिकतम १४.९९ प्रतिशतसम्मले बढेको छ।

समूहगत रूपमा हेर्दा आज वाणिज्य बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य समूहका सूचकहरू बढेका छन् भने बाँकी समूहका सूचकमा गिरावट आएको छ। आजको बजारमा अधिकतम ४४ करोड रुपैयाँसम्मको एकल कारोबार भएको छ।