Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रतिनिधि सभाको बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको परराष्ट्रमन्त्री खनालले जवाफ दिंदै


221
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक साेमबार दिउँसाे बस्दैछ ।

सिंहदरबारमा साेमबार दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे हाे। बैठकमा चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएकाे छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

साथै प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।

Skip This