काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग साेमबार एक्लाएक्लै भेटवार्ता गर्नुहुने भएको छ।
प्रधानमन्त्री शाहले सिंहदरबारमा साेमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र साेमबारै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हाे। यसअघि प्रधानमन्त्री शाहले गतदचैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्