Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै


78
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसाे बस्दैछ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभएकाे हाे। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

कम्तिमा दुईदिनसम्म चल्ने बैठकमा संस्थापन इतर समूहले यहि साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अघि बढ्ने तयारीमा रहेको संस्थापन इतर पक्ष सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही पछि हटेको छ ।

Skip This