Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्ने एमाले अध्यक्ष ओलीकाे तर्क


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्ने बताउनुभएकाे छ।

अध्यक्ष ओलीले आइतबार ३२औं विश्व आदिवासी दिवसको अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताउनुभएकाे हाे । उहाँले शुभकामनामा राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन नसक्ने समेत बताउनुभयाे।उहाँले दशकौं लामो संघर्ष तथा बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय-समानतामा आधारित यस संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व पनि हाम्रै भएको उल्लेख गर्नुभएकाे छ।

अध्यक्ष ओलीले सम्पूर्ण समुदायको सहभागितामा देशलाई समृद्ध बनाउन सफलता प्राप्त गर्दै आएकाे समेत बताउनुभयाे। विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण दिदी-बहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ। आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले लिपिबद्ध गरेको ऐतिहासिक दिन भएकाे समेत बताउनुभयाे ।

अध्यक्ष ओलीले नेपाल जातीय, भाषिक, धार्मिक, साँस्कृतिक र भौगोलिक विविधतायुक्त देश भएको उल्लेख गर्नुभएकाे छ। यस बहुसाँस्कृतिक विशेषतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानुपर्नेमा जाेड दिनुभयाे ।सदियौंदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई हामीले अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएकाे छ।