Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकार गठनको प्रक्रियामा सहभागी नहुने राप्रपा बागमती प्रदेश संसदीय दलकाे निर्णय


182
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार रातिसम्म बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरण सम्बन्धी गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो। बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय तथा निर्देशन अनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

संसदीय दलले तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडमा नरहने स्पष्ट गर्दै पार्टीको निर्णय अनुसार आगामी राजनीतिक गतिविधि अघि बढाउने जनाएको हाे।

Skip This