काठमाडाैं । नेपाल आयल निगमकाे कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
मन्त्रिपरिषद्काे बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभएकाे छ ।
धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालि सक्नुभएकाे छ ।
निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो।
साह दुई महिनाअघि मात्र निगमबाट अवकाश प्राप्त कर्मचारी हुनुहन्छ ।









प्रतिक्रिया दिनुहोस्