Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?


533
Shares

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गर्नुभएको हो ।

उहाँले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोक कल्याणकारी बनेर देखाउन समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन् । तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन । बीमा छ औषधि छैन । आश्वासन छ तर उपचार छैन । गगन थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पुर्‍यायो । कतै यसको जन्मदाताको प्रसंशा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन रु बिरामी सोध्छन् बीमा गरेर के पाइयो रु अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ रु तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ । सरकारलाई आग्रह छ कि भाषण होइन उपचार देउ, प्रचार होइन औषधि देउ, प्रतिवेदन होइन परिणाम देउ । लाचारी होइन लोककल्याणकारी बनेर देखाउ सरकार । अध्यक्षज्यू यो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयनको लागि रुलिङ गरियोस् ।’

उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ सभाका अध्यक्षको ध्यानाकर्षण गराउनु भयो ।

Skip This