Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


राष्ट्रियसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको गृहमन्त्री गुरूङले जवाफ दिंदै


52
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ ।

सिंहदरबारमा बिहीबार दिउँसो सवाँ १ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेकाे छ । बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने भएकाे हाे ।

राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको हाे ।