Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


राप्रपाकाे महाधिवेशन मंसिरमा, महाधिवेशनलाई भव्य बनाउन विभिन्न समितिहरू गठन


169
Shares

काठमाडाैं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले मंसिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन महाधिवेशन मुल आयोजक समिति मातहत विभिन्न समिति गठन गरिएको हो।

जसअनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ गुरूङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन भएको छ।

साथै महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरूङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरूङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति गठन भएको हो।

कार्यसम्पादन समिति सदस्य विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दीपक रन्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुबविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र काठमाडौं, ललितपुर, भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।