Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


एन्फा निलम्बन फुकुवाका लागि भित्रभित्रै धेरै काम भएकाे मन्त्री पोखरेलकाे दावी


221
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाको विषयमा सरकार मौन बसे जस्तो देखिए पनि भित्रभित्रै धेरै कामहरू भइरहेको बतानुभएकाे छ।

मन्त्री पोखरेलले मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक भेटघाट गर्ने क्रममा केही विषयहरूमा औपचारिक जवाफ दिँदै फिफाद्वारा एन्फाको निलम्बनका विषयमा प्रस्ट पार्नुभएकाे हाे । आफूले व्यक्तिगत रूपमै फिफासँग ४-५ वटा इमेल आदानप्रदान गरिसकेको र निलम्बन फुकुवाको उपायको बारेमा छलफल जारी रहेको बताउनुभयाे ।

फिफाले एन्फा निलम्बनको प्रमुख कारण तेस्रो पक्षको हस्तक्षेपु भनेको थियो । त्यसमा तेस्रो पक्षको रूपमा सरकार रहेको संकेत गरेको थियो ।यद्यपि, मन्त्री पोखरेलले एन्फा निलम्बन हुनुलाई दुःखद भन्दै घुमाउरो ढंगले एन्फा जिम्मेवार नहुनु नै फुटबल दुर्घटनाको कारण रहेको बताउनुभएकाे छ।

प्रसंगमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले खेलकुद क्षेत्रमा परिवर्तनको शुरुवात भइरहेको र त्यसमा खेल बुझ्ने र खेलाडीहरू सरकारको पहिलो रोजाइमा रहेको बताउनुभयाे । उहाँले आगामी सेप्टेम्बरमा हुने एशियाली खेलकुदमा खेलाडीहरूलाई उच्च प्राथमिकतामा राखेर सहभागिताको पहल भइरहेको पनि बताउनुभएकाे छ ।

विगतमा जस्तै पदाधिकारीहरू अनावश्यक ताँती नभई खेलाडीहरूको तयारीमा वर्तमान सरकार केन्द्रित भएको उहाँले बताउनुभयाे ।

Skip This