Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘कम्युनिस्ट एकता २०७५ को जस्ताे नहोस्, स्वार्थ र पदका लागि मात्र मरिहत्ते नगरौं’: सह-संयोजक नेपाल

संघीयता, राष्ट्रिय हित र जनताका पीडा सम्बोधनका लागि एकता गर्नुपर्नेमा जोड

156
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताउनुभएकाे छ।

काठमाडौंमा साेमबार २४औं बोत्ले स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा सम्बोधन गर्दै सहसंयोजक नेपालले २०७५ सालको नेकपा  एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता जस्तो  हालत नहोस् भन्दै सचेत गराउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘२०७५ सालमा भएको एकता जस्तै हालत नहोस् । सोच विचार धेरै गर्नु। बहस गर्नु । मन पनि मिलाउनु। स्वार्थमा चलेर होइन, सिद्धान्त निष्ठ एकतामा अगाडि बढ्नुपर्छ । जनवादी सिद्धान्तमा अगाडि बढ्नुपर्छ । स्वार्थ र पदका लागि मात्र मरिहत्ते नगरौं ।’

सहसंयोजक नेपालले संघीयता, राष्ट्रिय हित र जनताका पीडा सम्बोधन गर्नका लागि एकता गर्नुपर्नेमा जोड दिनुभयाे। धेरै पटक सरकारमा गएकाले कहाँ गल्ती गर्‍यौं  र कहाँ बिगार्‍यौं भन्ने विषयमा यसको छुट्टै समीक्षा हुन जरुरी रहेको उहाँकाे तर्क छ। संघीय मन्त्रीको मात्र होइन प्रदेश र पालिकामा बसेकाले कतिका प्रभावकारी काम गरे त्यसको पनि समीक्षा हुनुपर्ने बताउनुभयाे।

Skip This