Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


कर्पोरेट क्रिकेट लिगको तेस्रो संस्करण आगामी भदौमा आयोजना हुने

प्रतियोगितामा २० टोलीको सहभागिता रहने

13
Shares

काठमाडौं । कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गरिने भएको छ ।

काठमाडाैंमा आइतबार आयोजक भेट्रान्स फोर्टी क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन गरिने जानकारी दिएको हो । प्रतियोगितामा २० कर्पोरेट टोली सहभागी हुने भएका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको हाे । आयोजक क्लबका अध्यक्ष सन्तोष भण्डारीले प्रतियोगिताको तेस्रो संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको बताएका छन् । प्राविधिक निर्देशक रविन्द्र गुप्ताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, निष्पक्ष र उच्चस्तरीय ढंगले सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका हुन् ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई आकर्षक नगद तथा ट्रफीसहित विभिन्न पुरस्कार प्रदान गरिने भएकाे छ । विभिन्न विधाका उत्कृष्ट, ‘फेयर प्ले टिम’ तथा सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको हाे ।