Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्याे (विज्ञप्तिसहित)

नयाँ मूल्य आजदेखि लागू हुँदै

26
Shares

काठमाडौं । नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार राति एक विज्ञप्ति जारी गर्दै सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको जनाएकाे हाे । निगमका अनुसार, पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरमा ५ रुपैयाँले बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १ सय ३१ ले बढाइएको निगमले जनाएको हाे ।

निगमले मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ तोकिएको जारी विज्ञप्तिमा भनिएकाे छ । त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ तोकिएको हाे ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएकाे हाे । भारतबाट पेट्रोलमा २० दशमलव १९ रुपैयाँ र डिजेलमा ३९ दशमलव ६७ रुपैयाँ बढेर आएको निगमले जानकारी गराएकाे छ।