Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २४ अर्ब ५० करोड ६७ लाख रूपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात


0
Shares

काठमाडाैं । झापाकाे काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

साेही अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयले १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको जनाएकाे छ। डिजेल ९ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको हाे ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो । कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार रूपैयाँ राजस्व संकलन भएको बताउनुभएकाे छ।