Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सप्तरीको सदरमुकाम राजविराजका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी


104
Shares

काठमाडाैं । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको हाे ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेश अनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।