Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


वीरगञ्जमा निषेधाज्ञा जारी


169
Shares

वीरगञ्ज । वीरगञ्जको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, पर्सा महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको आदेशमा २०८३ साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार लागू गरिएको आदेशले तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा-जुलुस गर्न र कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू (चार किल्ला) मा पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास सडक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको भू-भाग तोकिएको छ। प्रशासनको सूचनाअनुसार आदेशको उल्लङ्घन गर्ने वा अटेर गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिनेछ।