Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु, एकजना घाइते


29.8k
Shares

काठमाडाैं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

कर्फ्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर सिराहाको मिर्चैयास्थित तुलसीपुरका करिब अन्दाजी १८-१९ वर्षका गणेश यादवको मृत्यु भएको हो।

प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरेका छन् भने प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रदर्शनकारीले मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते भएका छन्।

Skip This