Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सांसद ओलीकाे प्रधानमन्त्री शाहलाई प्रश्न: ‘कुन अध्ययनले प्रहरीको गोलीबाट युवककाे मृत्यु भएको पुष्टि भयाे ?’


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै लेखेको स्टाटसमा प्रश्न उठाउनुभएकाे छ।

प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले यस्ताे प्रश्न उठाउनुभएकाे हाे । अनुसन्धान नै नगरी प्रधानमन्त्री शाहले स्टाटसमा प्रहरीको गोलीबाट मृत्यु भएको बताएको भन्दै कुन अध्ययनले प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि भएको हो भन्दै प्रश्न उठाउनुभएकाे हाे ।  उहाँले भन्नुभयाे,- ‘हाम्रो प्रश्न कसको गालीबाट युवकको मृत्यु भएको हो, जवाफ चाहिन्छ ।’

आफूहरुको प्रश्न कसले चलाएको गोलीबाट मृत्यु भएको भन्ने समेत रहेको सांसद ओलीले बताउनुभयाे ।