काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान साढे ११ बजे सुरक्षा परिषद्को बैठक बस्ने छ । पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा बैठकमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिव रहने व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्