सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीलाई प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघिका नेकपा (एमाले)बाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले राजनीनामा दिएकै दिन नेकपा र नेकपा (एमाले)बीच केन्द्रीयस्तरमा सत्ता समीकरण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेनेकपाले लिने सहमति भएपछि शाही मुख्यमन्त्री बनेका हुन् ।
नेकपा कर्णाली प्रदेश संसदीय दल नेता शाही दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री बनेका छन् भने प्रदेश स्थापना भएयता उनी पाँचौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्