काठमाडौं ।
जापानको दक्षिणी प्रान्त कुमामोतोमा हिजो गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
जापानकी प्रधानमन्त्री सानेइ ताकाइचीका अनुसार भूकम्पमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भने सैयौं घाइते भएका छन् ।
भुकम्पमा भत्किएको एउटा शपिङ मलको भग्नावशेषामा च्यापिएका र फसेकाहरुको उद्धार कार्य जारी छ । यात्सुसिरो शहरको निप्पोन कागज उद्योग भत्किंदा केही कामदार सर्म्पविहिन बनेका छन् ।
स्थानीय समय अनुसार हिजो अपरान्ह ४ बजेतिर गएको भूकम्पले थुप्रै घरहरु भत्किनुका साथै सडक पनि चिरा परेका छन् ।
जापानको प्रकोप ब्यवस्थापन केन्द्रले भुकम्पलगत्तै कम्तिमा ३ लाख मानिसलाई आपतकालिन केन्द्रहरुमा जान भनेको छ ।









प्रतिक्रिया दिनुहोस्