काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा वृद्धि, व्यवसाय विस्तार र नयाँ लगानीमा जोड रहेको बताउनुभएकाे छ ।
मन्त्रालयमा मंगलबार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरूसँगकाे छलफलकाे क्रममा अर्थमन्त्री वाग्लेलेफयस्ताे बताउनुभएकाे हाे । देशमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने, व्यवसाय विस्तारका लागि आत्मविश्वास बढाउने र नयाँ उद्योग तथा लगानीको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयाे ।
उत्पादन क्षमता, व्यवसाय विस्तार र नयाँ लगानीमा सुधार आए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यात स्वतः बढेर जाने उहाँले बताउनुभएकाे छ । सरकारले आफैँ व्यापारर उद्योग चलाउनु भन्दा पनि उद्योग सञ्चालन र विस्तारका लागि अनुकूल वातावरण बनाउनेमा ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयाे। मन्त्री वाग्लेले उत्पादन लागत बढ्नुको कारण, लगानी आउन नदिनुका कारण, कानूनी वा प्रशासनिक जटिलताहरू जस्ता विषयहरू प्रतिवेदनमा मात्र सीमित नराखी व्यावहारिक रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
उहाँले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको भन्दै आवश्यक कानूनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिकाअनुसार कार्यान्वयन गरिने बताउनुभयाे । पूँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको अर्थमन्त्री वाग्लेकाे दावी छ ।









प्रतिक्रिया दिनुहोस्