Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


दाङमा यात्रुलाई बासी खाना खुवाउने होटेल कारबाहीमा, २५ हजार जरिवाना


13
Shares

काठमाडाैं। दाङ देउखुरी क्षेत्रमा रहेको एक होटललाई यात्रुलाई बासी खाना खुवाएको आरोपमा जरिवाना गरिएको छ ।

दाङपूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएकाे हाे । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार जरिवाना गरेको बताएकाे छ।

टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको र भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या पाएपछि जरिवाना गरेको कार्यालयले जनाएकाे हाे।

टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सात वटा होटलको पनि अनुगमन गरेको थियो ।