Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


भारतकाे काँकरोच जनता पार्टीले सरकारसँग वार्ता गर्न कन्स्टिट्युसन क्लब अफ इन्डिया चुन्यो


65
Shares

एजेन्सी। भारतकाे काँकरोच जनता पार्टी (सीजेपी) ले सरकारसँग हुने वार्ता नयाँ दिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा गरिने जनाएको छ।

पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित आफ्ना सबै माग यथावत रहेको स्पष्ट पारेको हाे। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सरकारले तटस्थ स्थानमा वार्ता गर्ने आफ्नो प्रस्ताव स्वीकार गरेको भन्दै स्वागत गर्नुभएकाे छ ।

भारतको चिकित्सा अध्ययन छनोट गर्ने ‘नीट–यूजी’ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणपछि पार्टीका समर्थकले केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा लगायत विभिन्न माग राख्दै विगत एक महिना भन्दा बढी समयदेखि जन्तर–मन्तरमा आन्दोलन गरिरहेका छन् ।

यसैबीच, आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै २६ दिनदेखि अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति आफ्नो सत्याग्रह समाप्त गरिसक्नुभएकाे हाे ।