Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


काठमाडौं र भक्तपुरसहित देशका २८ जिल्ला आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

नदी तटीय क्षेत्रहरूमा शतर्कता अपनाउन महाशाखाकाे अनुरोध

26
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै केही जिल्लामा शुक्रबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ।

महाशाखाले केही साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे। खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा शतर्कता अपनाउन अनुरोध गरेकाे छ। कोशी, नारायणी, कर्णाली, महाकाली र बागती लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान रहेकाे हाे। हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

“हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा बढी माथि तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।