Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट घोषणा


0
Shares

काठमाडौं ।
सरकारले पर्यटन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि विशेष सहुलियत घोषणा गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो सहुलियत घोषणा गरेको हो ।

बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा २०८५ साल भदौ मसान्तसम्मका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।

साथै, ती विमानस्थलमा हुने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा समेत ५० प्रतिशत छुट दिने स्वीकृति प्रदान गरिएको प्रवक्ता शिक्षा मन्त्री सस्मित पोख्रेलले जानकारी दिनुभयो ।