काठमाडाैं । हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको छ।
बुधबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हाे । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मुख्यतया सफा रहेको हाे । कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै, बुधबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। देशको पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यसैगरी बुधबार राति भने कोशी र मधेश प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भ-भागमा भने आंशिक बादल लाग्ने भएकाे छ। कोशी, बागमती , गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे।
मधेश, कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्