एजेन्सी । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा साेमबारकाे भीषण बाढीमा परी मृत्यु हुनेकाे संख्या २३ जनाको मृत्यु पुगेकाे छ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सोमबार आएको बाढीमा परी ८० जना घाइते भएकाे जनाएकाे हाे । बाढीमा परी एक सय भन्दा बढी बेपत्ता भएका छन् । बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमहरूले जनाएका हुन् ।
बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत प्रभावित क्षेत्रहरूमा धेरै घर र अन्य भवनहरू ढलेका छन् । अधिकारीहरूले देशका अधिकांश भागमा भारी वर्षाको जोखिम अझै नटरेको चेतावनी दिएका हुन् । मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरीबतास र बाढी आउनसक्ने आशंका व्यक्त गरेको छ । ३४ मध्ये १० प्रान्तहरूका लागि ‘अलर्ट’ जारी गरिएको हाे । स्थानीयहरूलाई नदी किनार तथा बाढीको जोखिम भएका क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइएको छ ।
गत वर्ष पनि आएको भीषण बाढीमा ३ सय जना भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । प्राधिकरणले यस वर्ष बाढी र पहिरोका घटनाहरूमा १ सय १० भन्दा बढी मानिसको मृत्यु भइसकेको जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्