Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


नारायणगढ-मुग्लिन-काठमाडौं सडकखण्डमा पनि रात्रिकालीन यातायात सेवा बन्द (सूचनासहित)


13
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा पनि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रशासनले शनिबार साँझ सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको  जनाएकाे हाे । प्रशासनले धादिङ लगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएकाे जानकारी दिएकाे छ।

प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको हाे। यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना समेत गरेको छ।