Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेकाे निर्देशन


0
Shares

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेको बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो । त्यस अघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो ।

बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनुहुन्छ । बागमतीमा एमालेको तर्फबाट ६ जना मन्त्री रहेका छन् । १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्दै शुक्रबार मुख्यमन्त्री बानियाँले ६ जना मन्त्रीलाई विना विभागीय बनाउनुभएको थियो ।