Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


झापामा कारले मोटरसाइकललाई ठक्क दिँदा २ जनाको मृत्यु


0
Shares

काठमाडौं । झापाको गौरीगन्जमा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज–२ कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम तर्फ गईरहेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो । कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।