Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कर्णाली सरकारमा सहभागी कांग्रेसकाे तर्फबाट मन्त्री बनेका सबैले दिए राजीनामा


0
Shares

काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसकाे तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् ।

उनीहरूले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेकाे बताउनुभयाे ।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् ।