Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


रूसी सेनाकाे आक्रमणमा परी युक्रेनमा ८ जनाको मृत्यु, ३० घाइते


0
Shares

एजेन्सी । रुस सेनाले युक्रेनमाथि मिसाइल र ड्रोन आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी शनिबार राति दर्जनौं घाइते भएका हुन् । लगातार बढ्दो रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति छिटो गर्न आग्रह गर्नुभयाे । युक्रेनी अधिकारीहरूले शनिबार राति उत्तरी शहर सुमीमा रुसले प्रहार गरेको दुई वटा ग्लाइड बममध्ये एक बस स्टपमा खस्दा ३० जना घाइते भएकाे बताएका छन् ।

घटनास्थलका तस्बिरमा बसको एक भाग पूर्ण रूपमा ध्वस्त भएको र आसपासका अपार्टमेन्ट भवनमा पनि क्षति पुगेको देखिएको हाे । युक्रेनले शनिबार राति गरिएको रुसी आक्रमणका क्रममा १ सय ११ वटा ड्रोन र २ वटा क्रुज मिसाइल अवरोध गरेको जनाएको छ ।