Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कतारका पूर्वराजा अल थानीको निधन

देशैभर ३ दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने सरकारकाे निर्णय

39
Shares

एजेन्सी । कतारका पूर्वराजा शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ।

कतारकाे अमिरी दिवान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा थानीकाे निधन भएको पुष्टि गरेको हाे। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका नेताका रूपमा स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीले पूर्वराजाको मृत्युमा देशैभर ३ दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयाे ।

पूर्वराजा थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हाल्नुभएकाे थियाे। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ।