काठमाडाैं । संघीय सरकारको ११ करोड १९ लाखको लागतमा लमजुङकाे डुम्रे–बेँसीसहर सडक अन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले मर्स्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो, ८० मिटर लामो ग्याबिन जाली र ३ सय मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङ लगायतका संरचना निर्माण भएको जनाएकाे हाे ।
बेँसीसहरका बाबुलाल श्रेष्ठले पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज साेही सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकोमा खुशी भएका हुन् । उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा दैनिक जसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे ।
डुम्रे–बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो । साेही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ ।









प्रतिक्रिया दिनुहोस्