Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


लालबन्दीबाट मिटरब्याज पीडितको पैदल न्याय मार्च अघि बढ्यो


0
Shares

काठमाडौं । मिटरब्याज पीडितको पैदल न्याय मार्च आइतबार चौथो दिनमा प्रवेश गरेको छ ।

पैदल मार्च जनकपुरबाट यहि असार २५ गतेदेखि शुरु भएको हाे । चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ । राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले यो यात्रा जारी राखेका हुन् ।

उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी काठमाडौंतर्फ अगाडि बढिरहेका छन् । न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका हुन् ।