Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


प्रतिनिधि सभाकाे बैठक स्थगित


26
Shares

काठमाडाैं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्यक्ति दिन शुरु गरेपछि उक्त भनाईप्रति आपत्ति जनाउनुभएकाे हाे । उहाँले सांसद राईलाई बोल्न रोक लगाउनुभयाे ।

त्यसै क्रममा उहाँले अर्का विपक्ष दलका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिएपछि उहाँले पनि बोल्न चाहनुभएन । त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने शर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिनु भएको थियो । तर सांसद राईले आफ्नो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याएको भनि फेरि आलोचना गर्नुभएको हाे ।

उहाँको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे छ ।